नेपाली समय Loading...२०८१ बैशाख ५ बुधबार

ओखलढुंगामा सवा एक अर्ब रुपैयाँ बजेट फ्रिज

रामहरि श्रेष्ठ ६ श्रावन ओखलढुंगा
ओखलढुंगमा गत आर्थिक वर्ष २०७३–७४ मा सवा एक अर्ब रुपैयाँ बजेट फ्रिज भएको छ । चालु तथा पूँजिगत गरी कूल ६ अर्ब ७७ करोड ७३ लाख १७ हजार १४ रुपैयाँ छुट्याएको बजेटमध्ये १ अर्ब २४ करोड ४७ लाख २८ हजार ९ सय ८८ रुपैयाँ खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय ओखलढुंगाले जनाएको छ ।

जिल्लामा चालु तथा पूँजिगत गरी रु ५ अर्ब ५३ करोड २५ लाख ८८ हजार २५ रपौया मात्र खर्च भएको कोष नियन्त्रक बिष्णु प्रसाद दाहालले बताउनुभयो । उहाँका अनुसार चालु तर्फको कुल बजेट ४ अर्ब ६० करोड ८२ लाख ७८ हजार ४ सय ६४ रुपौया २ पैसा मध्ये ४ अर्ब २५ करोड ५० लाख ५३ हजार २ सय ३६ रुपौया ८५ मत्र खर्च भएको छ ।

त्यस्तै पुँजीगत तर्फको २ अर्ब १६ करोड ९० लाख ३८ हजार ५ सय ५० रुपौया कुल बजेट मध्ये १ अर्ब २७ करोड ७५ लाख ३० हजार ७ सय ८८ रुपौया ५१ पैसा मात्र खर्च भएको कोष नियन्त्रक दाहालको भनाई छ ।