नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुंगामा बिद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

रामहरि श्रेष्ठ ५ साउन ०७४
ओखलढुंगाको मानेभञ्ज्याङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहिबार बिहान केन्द्रिय लाईनको बिद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर मानेभञ्ज्याङमा गाउपालीका १ मोलीमा अन्दाजी ३० बर्षिय घबिराज राईको मृत्यु भएको हो ।

ओखलढुंगामा प्रसारित केन्द्रय लाईनको बत्तिमा खराबी आएपछि उनि मर्मतका लागी पोलमा चढेका थिए । त्यसै क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

मृतक राईको सब पोष्टमाटमका लागी जिल्ला अस्पताल रुम्जाटारमा लगीएको प्रहरीले जनाएको छ । यसैबिच यसअघि पनि केन्द्रय लाईनको प्रसारण लाईनको करेन्ट लागेर बिभिन्न ब्यक्तिले ज्यान गुमाईसकेका छन् ।