नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

एआईजी बढुवा सिफारिसमा सिलवाल परेनन्, डिआईजीमा सर्बेन्द्र खनाल पहिलो नम्बरमा

काठमाण्डौं, श्रावण १ ।
नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि ११ जनाको नाम सिफारिस गरेको छ । गत शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ११ नायव महानिरीक्षक (डीआइजी) लाई एआइजी पदमा बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिवसमेत रहेका प्रहरी प्रमुख प्रकाश अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा ११ जना एआइजी रहने निर्णय गरेको थियो । प्रहरी प्रमुखको दाबी गर्दै सर्वोच्च पुगेका डीआइजी नवराज सिलवाल भने एआइजी सिफरिसमा परेका छैनन् ।

सर्वोच्च अदालतमा उनले आफूलाई प्रहरी प्रमुख नबनाएर अन्याय गरिएको भन्दै दायर गरेको मुद्दामा छलफल र बहस चलिरहेपनि मुद्धा विचाराधीन छ । सूचीमा डीआइजी बमबहादुर भण्डारी एक नम्बरमा छन् भने जयबहादुर चन्द दुई नम्बरमा छन् ।
                                           

                                                       एआईजी बढुवामा परेकाहरुको सूचि

त्यसै गरि गृह मन्त्रालयले नेपाल प्रहरीका १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ । भावी प्रहरी प्रमुखहरुको यो बढुवा सिफारिसमा यो सूचीमा रमेश खरेललाई पछि पार्दै सर्वेन्द्र खनाल पहिलो नम्बरमा परेका छन् । उनी अहिले प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका छन् । दोस्रो नम्बरमा भने रमेश खरेल छन् ।

खनालले ८४.४७३५ अंक पाएका छने भने खरेलले ८३.८५१० अंक पाएका छन् । अन्य एसएसपी भने अझ कम अंक पाएका छन् । डीआईजीका लागि बढुवा सिफारिस हुनेहरुमा काठमाडौं प्रहरी प्रमुख छबिलाल जोशी र ललितपुर प्रहरी प्रमुख ठूले राई पनि समाबेश छन् ।

                                   डिअाइजीमा वढुवा सिफारिसमा परेकाहरुकाे नामावली :