नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

“डेफो सर हामी विकास विरोधी नबनौ,” प्रजिअ दाहाल

ओखलढुङ्गा, असार ३० ।
ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जिल्ला वन कार्यालय ओखलढुङ्गाका प्रमुख वीरेन्द्र शाहलाई यस्तो कुरा भन्नु भएको हो । जिल्ला समन्वय समिति ओखलढुङ्गाको सभाहरुलमा शुक्रवार सम्पन्न जिल्ला वनक्षेत्र समन्वय समितिको बैठकमा भएको खुला छलफलमा यस्तो कुरा गर्नुभएको हो ।

समन्वय समितिको नियमित बैठक तथा जिल्ला वन कार्यालयको वार्षिक समिक्षा कार्यक्रममा जिल्ला वन कार्यालय ओखलढुङ्गा अन्तर्गत ईलाका वन कार्यालय मानेभञ्ज्यङ्गका रेञ्जर पुष्कर विश्वकर्मा र ईलाका वन कार्यालय फेदिगुठका वन रक्षक खील बहादुर कार्की उत्कृष्ट कर्मचारी समेत बनेका छन् । उत्कृष्ट कर्मचारी द्वय वि. क. र कार्कीलाई प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

खुला छलफलमा राजनितिक दलका पार्टी प्रतिनिधीहरुले राजश्व संकलनका नाममा जिल्ला वन कार्यालयले सामुदायीक वन तथा राष्ट्रिय वनको सल्लाको खोटो निकाल्न दिदा ध्यान नदिएको वताएका थिए । त्यस्तै खयर निकासीका लागी जिल्ला वन कार्यालयले हचुवाको भरमा अनुमती दिदा अहिले जिल्लाका विभिन्न भागहरुमा खयरको विरुवा रोपेर छुट्टै योजनाका साथ संरक्षण गर्नु पर्ने अवस्थाको सृजना भएको पनि बताएका थिए ।

सम्मानित हुने कर्मचारीहरु रेञ्जर पुष्कर विक र वनरक्षक खिल बहादुर कार्की

जिल्लाको ठूलो वनको रुपमा रहेको ककनी गौरीवनको उचित संरक्षण हुन नसक्दा त्यहाका महत्वपूर्ण जडिबुटी तथा काठको चोरी पैठारी भैरहेको भन्दै त्यसमा जिल्ला वन कार्यालयले चासो दिनुपर्नेमा जोड दिएका थिए । सल्लाको रुखवाट खोटो निकाल्न प्राविधिक पक्षलाई ध्यान नदिदा सल्लाका रुखहरु मरेको, खयर निकासी गर्न अनुमती दिदा उचित ध्यान नदिएको उनिहरुको आरोप थियो । आगामी दिनमा आवश्य ध्यान पुर्याउन उनिहरुको सुझाव छ ।

छलफलमा उठेका प्रश्नको उत्तर दिदै जिल्ला वन अधिकृत वीरेन्द्र शाहले आफुले पछिल्ला दिनहरुमा सामुदायीक तथा राष्ट्रिय वनहरुको अनुगमन गर्दै आवश्यक सुझाव तथा सल्लाह दिएको वताएका थिए । त्यस्तै वन क्षेत्र वरपर वादर, दुम्सी, मृग लगायत जंगली जनावरले कृषकका वालीनाली नष्ट गरिदिएकोले वन नियम अनुसार क्षतिपूर्तीका लागि सिफारिस समेत गरेको वताए ।

कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालले कर्मचारीको काम राजश्व संकलन मात्रै नभएको बताउै वनको संरक्षण गर्नु पनि रहेको कुरालाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिए । “राजश्व संकलनमा मात्रै ध्यान राखेर वनजन्य पदार्थ निकासीका लागि अनुमती दिदा जरालाई नै मासेर दिनुहुन्न । पछि आउन सक्ने समस्यालाई समेत ध्यान दिनुपर्छ । ” प्रजिअ दाहालले भने ।

त्यस्तै फरक प्रसंगमा प्रजिअ दाहालले भने “विकासका काममा हामी विरोधी वन्नु हुदैन । विकासका क्रममा कताकती विनास पनि हुन्छ । त्यसलाई अलिक मिलाएर लानुपर्छ ।” विकासको नाममा रोड विस्तार गर्दा सामुदायी वन तथा राष्ट्रिय वनमा क्षति पुगेको भन्दै फेदिगुठ, पात्ले लगायतका स्थानमा केही स्थानीयहरुले उपभोक्ता समितिका विरुद्धमा उजुरी समेत गरेका थिए ।