नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

लुम्बिनीमा यसवर्ष पर्यटकको आगमनमा कमी

लुम्बिनी, असार – यस वर्ष लुम्बिनीमा पर्यटक आगमनमा कमी आएको लुम्बिनी बिकास कोषले जनाएको छ । लुम्बिनीमा रहेको सुचना शाखाले दिएको जानकारी अनुसार सन २०१६ जून महिनाको तुलनामा यस वर्षको जून महिनामा बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक आगमनमा कमी आएको हो ।

सन् २०१७ अर्थात यसवर्षको जून महिनामा एक हजार तीन सय ९२ जना बिदेशी पर्यटक मात्र लुम्बिनी भित्रिएका छन । गतबर्षको जून महिनामा एक हजार पाँच सय ८५ जना पर्यटकहरुको लुम्बिनीमा आगमन भएको कोषको सूचना शाखाको तथ्याँकमा उल्लेख छ ।

यसैगरी आन्तरिक पर्यटक मध्ये भारतीय नागरिकहरुको लुम्बिनी आउने संख्या घटेको छ । सन २०१७ को जूनमा दश हजार ६ सय ९३ जना मात्र भारतीय पर्यटकहरु लुम्बिनी अवलोकन गरेका छन् । जब कि सन् २०१६ को जूनमा १२ हजार तीन सय ८० जना भारतीय नागरिकहरु लुम्बिनी दर्शन गरेका थिए ।

यसैगरी आन्तरिक पर्यटककै सूचीमा पर्ने नेपाली पर्यटकहरुको आगमन उत्तिकै घटेको छ ।तथ्याँक अनुसार सन २०१७ को जूनमा ४० हजार २१ जना मात्र नेपाली पर्यटक लुम्बिनी भित्रिएकोमा सन २०१६ को जूनमा ५० हजार एकसय ६३ जना नेपाली नागरिक लुम्बिनी दर्शन गरेका थिए ।

लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा कमी हुदा कोषले लिईदै आएको लुम्बिनी संरक्षण शुल्क, क्यामरा शुल्क, म्युजियम शुल्क वापत राजस्व संकलन समेतमा कमी आएको कोषस्थित राजस्वशाखाले जनाएको छ ।

यसरी लुम्बिनीमा स्वदेशी तथा बिदेशी पर्यटकको कमी आएपछि लुम्बिनी वरिपरिका यातायात, होटेल, रष्टुरेन्ट ब्यवसायीहरुको पर्यटन ब्यवसाय खस्किन थालेको लुम्बिनी पर्यटन ब्यवसायी संघका सचिव पिन्टूलाल बनियाँले जानकारी दिए । उनले पर्यटन ब्यवसाय नहुदा लुम्बिनी होक्के होटलले कर्मचारी बिदा दिनुका साथै लुम्बिनी जलयात्रासमेत बन्द भएको छ ।