नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

पर्यवेक्षण मञ्च नेपालको अनुमति रद्द – निर्वाचन आयोग

काठमाडौं, असार २७ – निर्वाचन आयोगको शोमवार बसेको बैठकले पर्यवेक्षण मञ्च नेपालको पर्यवेक्षण अनुमति रद्ध गरेको छ । स्थानीय तहको निर्वाचन २०७४ को पर्यवेक्षण गर्नका लागि उसले नेपालका लागि लिएको अनुमती रद्द गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचन, २०७४ को पर्यवेक्षण गर्न अनुमतिप्राप्त संस्था निर्वाचन पर्यवेक्षण मञ्च नेपालबाट खटिएका पर्यवेक्षकहरूले आयोगद्वारा जारी पर्यवेक्षण आचार संहिता विपरित कार्य गरेको पाइएकोले रद्ध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन पर्यवेक्षण मञ्च नेपाललाई निर्वाचन पर्यवेक्षण गर्न प्रदान गरिएको अनुमति र उक्त संस्थाबाट खटिएका पर्यवेक्षकहरूलाई जारी गरिएका परिचयपत्र समेत रद्द गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

साथै निर्वाचन पर्यवेक्षण मञ्च नेपालबाट पर्यवेक्षकको रूपमा खटिएर निर्वाचन आचार संहिता विपरित राजनीतिक दलको मतगणना प्रतिनिधिको कार्य गर्ने मीनबहादुर थापा, वुद्धिबहादुर रोकाया र राममणि पौडेललाई भविष्यमा कुनै पनि संस्थाबाट निर्वाचन पर्यवेक्षण गर्न नपाउने गरी अभिलेख राखी सोको जानकारी निर्वाचन पर्यवेक्षण मञ्च नेपाललाई दिने समेत निर्णय गरेको छ ।

स्थानीय तह निर्वाचन, २०७४ दोस्रो चरणमा कपिलबस्तु जिल्लाको वाणगंगा नगरपालिकामा आयोगबाट पर्यवेक्षण अनुमतिप्राप्त संस्था निर्वाचन पर्यवेक्षण मञ्च नेपालका तर्फबाट खटिएका पर्यवेक्षकले आचार संहिता विपरित कार्य गरेको हुँदा आयोगले उक्त निर्णय गरेको जनाएको छ ।