नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

कसैलाई दोषारोपण गर्दैमा घरेलु हिंसा घट्दैन – मेयर श्रेष्ठ

आोखलढुङ्गा, असार २७ ।
सिद्धिचरण नगरपालिकाका नवनिर्वाचित मेयर मोहन कुमार श्रेष्ठले कसैलाई दोषारोपण गर्दैमा लैङ्गिक हिंशा अन्त्य नहुने बताउनु भएको छ । शोमवार ओखलढुङ्गामा आयोजित सरकारी तथा गैरसरकारी साझेदारी निकायहरु तथा महिला सहकारी बिच लैङ्गिक हिंसा विश्लेषण तथा वार्षिक समिक्षा गोष्ठिलाई सम्बोधन गर्दै मेयर श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।

कसैले कसैलाई दोषरोपण गर्दैमा हिंसा अन्त्य हुन्न । सबैले आफ्नो जिम्मेवारी सगै कर्तव्यलाई पनि ईमान्दारिता पूर्वक पालना गर्ने हो भने हिंसालाई कम गर्न सम्भव छ, मेयर श्रेष्ठको भनाई छ ।

समिक्षामा महिला तथा वालवालिका कार्यालय ओखलढुङ्गाका महिला विकास अधिकृत प्रवला श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरिक्षक मिलन केसी, जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर मुकुन्द यादवले आआफ्नो कार्यालयको प्रगती विवरण पेश गरेका थिए ।

कार्यक्रममा सहभागी भएका विभिन्न क्षेत्रका सहभागीहरुले गाँउ स्तरमा महिला तथा वालवालिका हिंसाको घटनामा कमी नभै बृद्धि भएको बताएका थिए । उनीहरुले गाउ स्तरमा भएका घटनामा समाजका उपल्लो भनाउदा व्यक्तिहरका कारण गाउमा नै गुपचुप भएको गुनासो गरेका थिए । जसका कारण हिंसाका घटना बृद्धि भैरहेको उनीहरुको भनाई थियो । सहभागीहरुले घरेलु हिंसा तथा दुव्र्यवहार बढ्नुमा राजनितिक पार्टीहरु मुख्य दोषि रहेका पनि आरोप लगाएका थिए ।

समिक्षा कार्यक्रम संयूक्त राष्ट्रसंघिय जनसंख्या कोष (UNFPA) को सहयोगमा महिला तथा वालवालिका कार्यालय ओखलढुङ्गा र जिल्ला अस्पताल रुम्जाटारले आयोजना गरेको हो ।