नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुंगालाई असार २८ गते खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरिदै

रामहरि श्रेष्ठ ,ओखलढुंगा ,असार २२ ।

ओखलढुंगा जिल्लालाई आगामी असार २८ गते खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरिदै छ । खुल्ला दिशा मुक्त घोषणाका लागी जिल्लाले सम्पुर्ण सुचाङ्क पुरा गरेकाले एक भब्य कार्यक्रम बिच खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्न लागीएको हो ।

उपप्रधान तथा शिक्षामन्त्री गोपाल मान श्रेष्ठको प्रमुख आतिथ्यतामा देशको ४१ औँ जिल्लाका रुपमा ओखलढुंगालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्न लागीएको खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका प्रमुख कमलराज श्रेष्ठले बताउनुभयो । जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा लागी समय कम भएकाले आवश्य तयारीलाई तिब्र पारिने श्रेष्ठको भनाई छ । एक नगरपालिका सहित आठ गाउपालिका रहेको ओखलढुंगाका शतप्रतिशत नागरीकहरुले सौचालय प्रयोग गर्दछन् ।

सोहि अनुसार यस अघि नै साबिकका ७५ वटै गाबिसहरुलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिसकिएको छ । जिल्लामा करिब २०६४ साल देखि सञ्चालन भएको खुल्ला दिसामुक्त घोषणा अभियान १० वर्ष पछि २०७४ सालमा आएर पुरा भएको हो ।