नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

लिखु ५मा कांग्रेसका गोपाल विजयी, गाँउपालिकामा भने एमाले विजय नजिक

यसम, असार १९ ।
लिखु गाँउपालिका वडा नं. ५ को मतगणनाको अन्तिम मत गणना सार्वजनिक भएको छ । मत परिणाम अनुसार नेपाली कांग्रेसका गोपाल भट्टराई विजयी भएका छन् । भट्टराईले ३ सय ५९ मत प्राप्त गर्दै वडा अध्यक्ष पदमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका कुमार कटवालले २ सय ८० मत प्राप्त गरेका छन् । वडामा माओवादी केन्द्रका तिलक सुनुवारले भने ३९ मत पाएका छन् ।

लिखु गाँउपालिकामा रहेको १० हजार १ सय ८१ मतदाता मध्ये ७ हजार ५ सय ४२ जनाले मतदान गरेका थिए । अहिले सम्म ६ हजार ८ सय भन्दा बढी मत गणना भएर वडा नं. ४ को ७ सय मत गणना गर्न बाकी रहेको छ ।

गणना भएको मत परिणाम अनुसार एमालेका गाेविन्द पौडेलले अाफ्नाे अग्रता कायम गरिरहेका छन् । अध्यक्ष पदमा नेपाली कांग्रेसका अशोक कुमार कार्कीले  पछ्याई रहेका छन् । त्यस्तै उपाध्यक्ष पदमा पनि एमालेकै शान्ता ढुङ्गेलले अग्रता लिइरहेकी छन् । उपाध्यक्ष पदमा नेपाली कांग्रेसका मन्दिरा दाहालले पछ्याई रहेकी छन् । अध्यक्ष भन्दा उपाध्यक्ष पदकाे मतमतान्तर धेरै छ ।