नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

लिखु गाँउपालिकामा एमालेका गोविन्द र शान्ता विजयी

विएन श्रेष्ठ, ओखलढुङ्गा, असार १९ ।
लिखु गाँउपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार आफ्ना प्रतिद्वन्द्वीलाई ७५ मत अन्तरले हराउदै अध्यक्ष पदमा एमालेका गोविन्द पौडेल विजयी भएका छन् ।

           
लिखु गाँउपालिकाको सार्वजनिक अन्तिम मत परिणाम अनुसार नेकपा एमालेका गोविन्द पौडेलले ३ हजार १० मत प्राप्त गरेका छन् । पौडेलका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशोक कार्कीले २ हजार ९ सय ३५ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रका खड्ग योगी अनिलले १ हजार १ सय ८० मत प्राप्त गरेका छन् ।

गाँउपालिकाका उपाध्यक्ष पदमा पनि एमालेकै शान्ता ढुङ्गेल विजयी भएकी छन् । ढुङ्गेलले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मन्दिरा दाहाललाइृ पछि पार्दै विजय हासिल गरेकी हुन् । ढुङ्गेलले ३ हजार १ यस १० मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसकी दाहालले २ हजार ४ सय २८ मत प्राप्त गरेकी छन् । उपाध्यक्षमा माओवादी केन्द्रकी दुर्गा पौडेल सुवेदीले १ हजार ४ सय ६२ मत प्राप्त गरिन् ।

लिखु गाँउपालिका वडा नं. ४ मा नेपाली कांग्रेसका घन बहादुर कार्कीले ३ सय ८६ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजय हासिल गरेका छन् । यो जीत सगै नेपाली कांग्रेसले लिखु गाँउपालिकामा ४ वडामा विजय हासील गरेको छ । लिखु गाँउपालिकामा माओवादी केन्द्रले १ र नेकपा एमालेले पनि ४ वटा वडामा विजय हासिल गरेको छ ।