नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

लिखु गाँउपालिकामा एमालेको अग्रता कायमै

यसम, असार १९ ।
लिखु गाउपालिकाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका गोविन्द बहादुर पौडेलले आफ्नो अग्रतालाई कायमै राखेका छन् । यो समाचार तयार पार्दासम्म लिखु गाँउपालिकामा कूल खसेको ७ हजार ५ सय ४२ मत मध्ये करीब ६ हजार ५ सय मत गणना भै सकेको छ । गणना भएको मत मध्ये करिब ४ सय अर्थात ३ सय ७९ मत अन्तरले नेपाली कांग्रेसका अशोक कुमार कार्कीलाई उछिनी रहेका छन् ।

हाल सम्म गणना भै सकेको मतको पछिल्लो प्राप्त नतिजा अनुसार नेकपा एमालेका गोविन्द वहादुर पौडेलले २ हजार ८ सय २ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका अशोक कुमार कार्कीले २ हजार ४ सय २३ मत प्राप्त गरेर पछ्याई रहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका खड्ग योगीले १ हजार १ सय ७८ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुख पदमा पनि नेकपा एमालेकी उमेदवार शान्ता ढुङ्गेलले आफ्ना अग्रतालाई कायमै राखेकी छन् । एमालेकी शान्ता ढुङ्गेलले २ हजार ८ सय ३९ मत प्राप्त गरेकी छन् । त्यस्तै नेपाली कांग्रेसकी मन्दिरा दाहालले १ हजार ९ सय ८५ मतका साथ पछ्याई रहेकी छन् । नेकपा माओवादी केन्द्रकी दुर्गा सुवेदीले पनि १ हजार ३ सय ९४ मतका साथ पछ्याई रहेकी छिन् ।

अहिले सम्म लिखु गाँउपालिकामा गणना भै सकेको ७ वडा मध्ये वडा नं. १ र ३ मा नेपाली कांग्रेस र वडा नं. ६ मा नेकपा माओवादी केन्द्रले जितेको छ । बाकी ४ वडामा नेकपा एमालेले जित हासिल गरेको छ ।