नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

लिखु गाँउपालिकाकाे अन्तिम परिणाम अाउदै

यसम, असार १९ ।

लिखु गाँउपालिकामा वडा न‌ं ४ काे दाेश्राे चरणकाे मत परिणाम अाउदा सम्म एमालेकाे अग्रता कायमै रहेकाे छ । पछिल्लाे पटक सार्वजनिक गरिएकाे मत परिणाम अनुसार अाफ्नाे अग्रतालाइ कायम राख्दै एमालेका गाेविन्द पाैडेलले गाँउपालिकाकाे अध्यक्ष पदमा लम्की रहेका छन् । उनलाइ कांग्रेसका अशाेक कुमार कार्कीले पछ्याइ रहेका छन् । 

एमालेका गाेविन्द पाैडेलले २ हजार ८ सय ७८ मत प्राप्त गरेका छन् भने कांग्रेसका अशाेक कुमार कार्कीले २ हजार ६ सय ८ मत प्राप्त गरेका छन् । लिखु गाँउपालिकाकाे अब करिब ३ सय मत मात्रै गन्न बाकी छ । एमालेकी शान्ता ढुंगेल भने उपाध्यक्ष पदमा पुरा मत गणना अगाडी नै निर्वाचित भै सकेकी छन् । अाैपचारिक घाेषणा हुन भने बाकी छ ।