नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

मोलुङमा अध्यक्षमा एमालेका राई र उपाध्यक्षमा कांग्रेसकी तामाङ विजयी

प्राप्चा, असार १९ ।
ओखलढुङ्गाको मोलुङ गाँउपालिकामा नेकपा एमाले विजयी भएको छ । मोलुङको गाँउपालिका अध्यक्ष पदमा एमालेका मणिराज राईले जित हासिल गरेका हुन् । अध्यक्ष पदका प्रत्यासी नेपाली कांग्रेसका महेन्द्र बहादुर कार्कीलाई २६ मतले पछि पार्दै राई विजयी भएका हुन् । एमालेका तर्फवाट उमेद्वार बनेका राईले ३ हजार १२ मत प्राप्त गरे । त्यस्तै उनका प्रतिद्वन्द्वी कार्कीले २ हजार ९ सय ८६ मत मात्रै प्राप्त गरे ।

उपाध्यक्ष पदमा भने नेपाली कांग्रेसकी हेम कुमारी तामाङ विजयी भएका छन् । तामाङले ३ हजार २ सय ५२ मत प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी एमालेकी हेमकला धमलाले २ हजार ९ सय ८६ मत मात्रै प्राप्त गरिन् । उपप्रमुखमा धमला र तामाङको मतको अन्तर ५ सय ७ छ ।

यो नतिजा सगै स्थानीय तहको ओखलढुङ्गाको सबै तहको निर्वाचनको मतगणना सकिएको छ । मतगणनाको नतिजा सगै नेकपा एमालेले सिद्धिचरण नगरपालिका सहित लिखु र मोलुङ समेत ३ स्थानमा विजय हासिल गरेको छ ।

त्यस्तै नेपाली कांग्रेसले मानेभञ्ज्याङ्ग, सुनकोशी, चम्पादेवी र खिजिदेम्वा गरि ४ स्थानीय तहमा जीत हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले भने एउटा चिशंखुगढी गाँउपालिकामा मात्रै विजय हासिल गरेको छ ।