नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

गोलाप्रथा द्धवारा उम्मेद्वारको टुंगो

रामहरि श्रेष्ठ १७ असार ओखलढुंगा
ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा वडा अध्यक्षका उम्मेद्वार गोला प्रथाबाट टुंग्याईएको छ । नगरपालिकाको वडा नं ८ सल्लेरीबाट वडा अध्यक्षका उम्म्द्वार बनेका काग्रेसका उम्मेद्वार हेमबहादुर तामाङ र एमालेका उम्मेद्वार बुद्धिमान तामाङ बिच गोलाप्रथा गरिएको हो ।

जसमा काग्रेसका उम्मेद्वार हेमबहादुर तामाङ बिजयी भएका छन् । दुई उम्मेद्वारले बराबरी ३ सय ४६ मत ल्याएका थिए । वडाका अन्य चार पदमा भने एमालेका उम्मेद्वार बिजयी भएका छन् ।

अहिले सम्ममा नेपाली काग्रेसले १५ वडामा,एमालेले १४ र माओवादी केन्द्रले ५ वडामा जित हासील गरेको छ ।