नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गामा चिशंखुगढी गाँउपालिका माओवादी केन्द्रका निशान्त शर्मा विजयी

ओखलढुंगा, असार १७ ।
ओखलढुङ्गाको चिशंखुगढी गाउपालिकामा नेकपा माओवादी केन्द्रले आफ्नो खाता खोलेको छ । ओखलढुंगाको चिशंखुगढी गाउपालिकामा माओवादी केन्द्रका उम्मेद्वार निशान्त शर्मा बिजयी भएका हुन् । स्थानीय तहको दोश्रो चरणको निर्वानमा माओवादी केन्द्रले ओखलढुङ्गाको चिशंखुगढी गाँउपालिका वडा नं. १ कुईभिरवाट नै खाता खोलेको थियो ।

चिशंखुगढी गाँउपालिकामा माओवादी केन्द्रका निशान्त शर्माले १ हजार ९ सय ६ मत पाएर विजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भिम बहादुर थापालाई ३ मतले पछि पार्दै विजयी भएका हुन् । थापाले १ हजार ९ सय ३ मत पाएका छन् ।

त्यस्तै गाँउपालिकाको उपप्रमुखमा भने एमालेका सुष्मा राई बिजयी भएकी छिन् । राईले काग्रेसका उम्मेद्वार खिला आलेमगरलाई १ सय ४ मतले पछि उपप्रमुखमा बिजयी भएकी हुन् । राईले २ हजार ७३ मत ल्याएका थिए भने आलेले १हजार ९ सय ६९ मत ल्याएका थिए ।

चिशंखुगढी गाँउपालिकाको आठ वडा मध्ये तीन वडामा एमाले, तीन वडामा माओवादी र दुई वडामा कांग्रेस विजयी भएका छन् । वडा नं। १ मा माओवादी केन्द्रका उषक कटुवाल, २ मा माओवादी केन्द्रकै नरेन्द्र बस्नेत, ३ मा कांग्रेसका गागा श्रेष्ठ, ४ मा माओवादी केन्द्रका हिमाल राई, ५ मा कांग्रेसका प्रकाश कार्की र ६, ७, ८ मा क्रमश एमालेका कृष्णबहादुर क्याप्छाकी, तुलविक्रम श्रेष्ठ, केशरबहादुर बस्नेत विजयी भएका छन् ।

जिल्लाको सिद्धिचरण नगरपालिका र अन्य गाँउपालिकामा पनि मतगणनाको क्रम जारी छ ।