नेपाली समय Loading...२०७६ मंसिर ५ बिहीबार

ब्यालेट की बुलेट ?

                      – हुकुम सि‌ह

माथि उल्लेखित प्रश्न–ब्यालेट कि बुलेट ? विश्व पु‘जीवादले आफ्नो शोषणको जालोलाई संसदवादको आडमा विश्व जनमतका अगाडि आफूलाई शान्तिवादी देखाउन गरिएको कसरतको एउटा रुप हो । संसदवादीहरुले मार्कसवादीहरु–कम्युनिष्टहरु बुलेटका पक्षधर हुन् तर हामी संसदवादीहरु ब्यालेटवाला हौ भनेर आम विश्व जनमतलाई काफी भ्रम दिंदै आएका छन् । तर सारमा यो प्रश्नले उनीहरुको संसदरुपी ब्यालेटको भण्डाफोर गर्न मद्त गर्दछ । संसदवादीज्युहरु १ तपाईहरुले अंगिकार गरेको स्वतन्त्र ब्यालेट कि बुलेटको आडमा ब्यालेट हो ?

विश्व राजनीतिक रंगमञ्चमा कैयौ शताब्दीदेखि उठ्दै आएको यो प्रश्नसित मार्कसवाद कि संसदवाद भन्ने प्रश्न पनि जोडिएको छ । सारमा मार्कसवाद पहिलो – स्वतन्त्र ब्यालेटको वकालत गर्दछ । सर्वहारावर्गीय क्रान्तिका मित्रहरुबिचमा गरिने स्वतन्त्र ब्यालेट, जहॉ क्रान्तिले सर्वहारावर्गका दुश्मनको राज्यसत्तालाई ध्वंस बनाएर सर्वहारा वर्ग र उसका मित्रहरुको राज्यसत्ताको स्थापना गरेको हुन्छ । त्यहॉ ब्यालेटका पछाडि बुलेटको जरुरत नै पर्दैन् । तर संसदवाद भनेको मतदाताले नदेख्नेगरी राखिएको बुलेटको आडको ब्यालेट हो ।

पुँजीपतिहरुले भन्ने ब्यालेट जो एउटा पु‘जीवादी दर्शनमा आधारित हो, यसले नेपालको वर्तमान सन्दर्भमा दलाल पु‘जीपति तथा सामन्तवर्गको अधिनायकवादी शासनसत्ताको पक्षपोषण गर्ने काम गर्दछ । स्वतन्त्र ब्यालेट जो मार्कसवादी दर्शनसित जोडिएको छ , त्यसले नेपालका गरीव किसान, मजदुर तथा सबै उत्पीडित जाति तथा वर्गको मुक्तिका लागि काम गर्दछ । संसदवादीहरुले ब्यालेटका पछाडि बुलेट छिपाएर राखेका हुन्छन् भन्ने हरेक संसदीय निर्वाचनमा देखिने गर्दछ ।

मार्क्सवाद नेपालमा संर्वहारावर्गको नेतृत्वमा मजदुर किसानको मित्रतामा राष्ट्रिय पु‘जीपति वर्ग र जनताको जनवादी अधिनायकत्वको रुपमा लागु हुन्छ । संसदवाद र मार्क्सवाद भन्ने दुइटा फरक र वेग्लै शासनसत्ताको कुरा हो तर अहिले नेपालमा गरिएको स्थानीय निर्वाचनले जनताका लागि क्रान्तिका मित्र र शत्रुलाई पहिचान गर्न कठिन बनाइदिएको छ । आफूलाई मार्क्सवादी भन्नेहरुमध्ये केहीले नेपालमा सामन्तवादको पक्षपोषण गर्ने राजनीतिक दलहरुसित चुनावी तालमेल गरेका छन् भने अन्य केहीले नेपालमा दलाल पु‘जीपति वर्गको हितका लागि काम गर्ने राजनीतिक दलहरुसित गठजोड गरेको देख्दा बॉकि क्रान्तिकारीका लागि आम जनतालाई चित्त बुझाउनै कठिन बन्दै गएको छ –क्रान्ति के का लागि र किन गर्ने ?

क्रान्तिको नाममा देश र समाजमा अराजकता फैलाउने, डर, धाक र धम्किबाट आर्थिक संकलन गर्ने र आफू र आफ्ना कार्यकर्ताको जीवनयापनलाई अर्काको परिश्रम र पसिनामा आश्रित गराउने । तर, सर्वहारावर्गको मुक्तिको कुरा गर्न नछाड्ने एकथरी कम्युनिष्टहरु पनि नेपालमा नभएका होइनन् । उनीहरुका लागि आफू र आफ्नो पार्टीलाई मागेजति रकम दिए दलाल पु‘जीपति तथा सामन्तवर्ग पनि राष्ट्रिय पु‘जीपतिमा दर्ज हुने । व्यापक भ्रष्टाचार गरेर अकुत सम्पत्तिको केही हिस्सा आफूलाई दिएमा राताराता इमान्दार बन्ने तर आफूलाई सहयोग नगरेमा दैनिक ज्यालादारी मजदुर पनि सामन्त दलालमा दर्ज गरिने, यो कस्तो मार्क्सवाद भएको छ नेपालमा ?

पु‘जीपति तथा जमिन्दारका जमिन कब्जा गर्ने तर ती जमिनलाई आफै जग्गा दलाल बनेर विक्रि गरी पैसा कमाउने पनि नेपालमा “क्रान्तिकारी” कम्युनिष्टहरु देख्न पाइन्छ । हामीले भारतीय कम्युनष्ट पार्टी सिपिएमलाई दक्षिणपन्थी संसोधनवादी भनेर थाक्दैनौ । तर, सिपिएमका नेता पश्चिम बंगालका मुख्यमन्त्री ज्योति बशुलाईे भारतीय कांग्रेस तथा अन्य राजनीतिक दलहरुले भारतको केन्द्रीय सरकारको प्रधानमन्त्री हुन आग्रह गर्दा पनि उनले त्यसलाई नैतिकताको कसिमा अस्विकार गरिदिए ।

तर नेपालका कम्युनिष्टहरु पद र पैसाका लागि यति तलसम्म गिरेका छन् कि आम नेपाली जनतालाई अब त नेपालमा को कम्युनिष्ट हो को होइन् भनेर छुट्याउन पनि कठिन बन्दै गएको छ । नेपाली कम्युनिष्टहरु पदका लागि जे पनि गर्दछन् भन्ने त हसिया हथौडाले रुखलाई भोट माग्ने, सूर्यले गाइलाई भोट माग्ने, वाम एकताको नाममा सूर्य चिन्हमा आफ्ना उम्मेदवारलाई जित्नकै लागि चुनावमा उठाउने आदि जताततै छयाप्छयाप्ती देखिएको छ ।

भाषणमा तथा कुरामा दलाल पु‘जीपति तथा सामन्तवर्गमाथि सर्वहारावर्गको अधिनायकत्वको शासनसत्ताको कुरा गर्ने तर निर्वाचनमा त्यही दलाल पु‘जीपति तथा सामन्तवर्गको प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारको विजयका लागि मत माग्दै हिंडने ? संसदवाद खारेजको नारा दिने तर तिनै दलाल पुँजीपति तथा सामन्तवर्गले थैली दिए उनकै विजयमा हिस्सेदारी गर्ने ।

यसो गर्दा कसरी र कहिले नेपालका गरीब तथा मध्यम किसान तथा सुकुम्वासीहरुको मुक्ति सम्भव छ ? त्यसकारण अहिलेको अहम् प्रश्न ब्यालेट कि बुलेट नभई स्वतन्त्र ब्यालेट कि ब्यालेटका पछाडि बुलेट ? भन्ने नै हो । याने मार्क्सवाद कि संसदवाद नै हो ।

जेठ २२, २०७४