नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

एलिजा गाैतमका दुइ गजल

 

एलिजा गाैतम अाेखलढु‌गा

 

1) गजल!

 उचाल्छ अनि आफै पछार्छ जानी राख्नु!

कलियुगको सत्यले ज्यान, मार्छ जानी राख्नु!]

 

बिलकुलै यो दुनिया फरक छ हेर,

साथ दिन्छु भन्छ , बिगार्छ जानी राख्नु!

 

राखेर त्यो महलमा टुहुरो बालकलाई  

अनायासै मालिकले ,हकार्छ जानी राख्नु!

 

आज कसैको सेवा गर्दै छौ नि तिमी ,

भोलि उसैले अफ्ठेरोमा ,पार्छ जानी राख्नु!

 

जसले जित्नु नै पर्ने छ नि यहाँ,

हो उसैले खेल , हार्छ जानी राख्नु!!!

 

2) गजल!

मलाइ आफ्नै , आखाले पछि पारेको छ!

र त सारा ,दुनियाले पछि पारेको छ!

 

हुने कुरा केही गरि नटर्ने रहेछ !

निधारमा लेखेकाले पछि पारेको छ!

 

अरे! पढाईका कुरा नगर भो तिमी,

योग्यतालाइ पैसाले पछि पारेको छ!

 

छदै छ यहाँ खुट्टा तान्ने प्रवृत्ति,

धेरैलाइ ,आफ्नाले पछि पारेको छ!

 

ठूलो ठान्दै शासन नचलाउ भो तिमी,

हात्तीलाई कमिलाले पछि पारेको छ !!

 

 

जेठ २०, २०७४