नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

सगरमाथा आरोहणमा ओखलढुगांकै पहिलो कान्छा आरोही शेर्पा

ओखलढुंगा जेठ १८ । जिल्लाको खिजीदेम्बा गाँउपालिका वडा नं ९ का कुङ्गा शेर्पा ओखलढुगां जिल्लाकै सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गर्ने पहिलो शेर्पा बनेका छन् ।

जिल्लाको साबिकको गाबिस खिजीफलाटे वडा नं ९ भित्तेका कुङगाले हालै मात्रै ८ हजार ८ सय ४८ मिटरको बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफलतापुर्बक आरोहण गर्नु भएको हो ।  कुङ्गाले गत मे १९ अर्थात जेठ ७ गते बिहानको सातबजे नेपालको आइस ल्याण्ड ट्रेकिङ कम्पनीको नेपाली ७ जना र बिदेशी ८ सदस्यीय टोलीसहित सगरमाथाको आरोहण गरेको उक्त ट्रेकिङ कम्पनीका डाइरेक्टर टेण्डी शेर्पाले जानकारी दिनुभयो । २५ बर्षका कुङ्गाले पहिलोपटक तिब्बतको मोहराबाट सगरमाथाको आरोहण गर्नुभएको हो ।

आरोही कुङगाका अनुसार आफुसहित १५ सदस्यको टोली मे २० अर्थात जेठ ६ गते बेलुका ७ बजेबाट सुरु भएको यात्रा भोलीपल्ट बिहान ७ बजे चुचुरोमा पुगेको बताउनुभयो । उहाँले आफुसहितको टोली चुचुरोमा पुगी त्यही दिनको १ बजे झण्डै १७ घण्टामा ओर्लीएको जानकारी दिनुभयो । आफु सगरमाथाको चुचुरोमा पुग्दा खुसीले हाँसो भन्दा आँशु झरेको अनुभब गरेको यात्रामा सँगै रहेकाले बताएका छन् ।

कुङगाले यसभन्दा अगाडी ६ हजार मिटर भन्दा माथिका ७ वटा भन्दा बढी हिमालहरु चढिसकेका छन् । कुङ्गाले २०१६ को मे १९ मा पनि नेपालबाट सगरमाथाको आरोहरण गरेका थिए । तर यसपटक भने उनले चिनको भुभागबाट सफल आरोहण गरेका हुन् । आरोही कुङ्गाले राजधानीको केभ्स कलेजबाट प्लस टु सम्मको पढाइ साथै एचएम आरटी र आइस क्लाइम्बिङ कोर्स पुरा गरेका छन् । ओखलढुगां जिल्लाबाट नै सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गर्ने कुङगा साबिकको खिजीफलाटे गाबिस वडा नं ९ का गम्बु शेर्पा र याङडी शेर्पाका छोरा जेठा छोरा हुँन् ।