नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

सम्पादक जोशीलाई रोटरी इन्टरनेशनल हेल्थ अवार्ड

काठमाण्डै । हेल्थ टुडेका सम्पादक पदमराज जोशीलाई यस वर्षको रोटरी इन्टरनेशनल हेल्थ अवार्ड प्रदान गरिएको छ । राजधानीमा आईतबार आयोजना गरिएको विषेश समारोहमा रोटरी इन्टरनेशनल डिस्टिक गर्भनर रोटरियन जया राज्यलक्ष्मी शाह र नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र बिष्टले स्वास्थ्य क्षेत्रमा निरन्तर पुर्याइरहेको योगदान स्वरुप अवार्ड प्रदान गरेका हुन । अवार्ड सहित पुरस्कारको रासी रु.पच्चिस हजार रहेको छ । समारोहमा पत्रकार जोशीसँगै विभिन्न विधाका पाँच जना पत्रकारलाई पनि रोटरी इन्टरनेशनल अवार्ड प्रदान गरिएको छ ।

अवार्ड पाउने पत्रकारहरुमा शिक्षा क्षेत्रबाट शिक्षा संवादकी रोश्ना सुब्बा, आर्थिक क्षेत्रबाट अन्नपूर्ण पोष्टका सुजित महत, वातावरण क्षेत्रबाट एभिन्यूज टेलिभिजनका सरोज कोइराला, महिलाबाट संचारिका समूहकी प्रतिमा शिलवाल र मूलधारबाट कान्तिपुर दैनिकका भूषण यादव रहेका छन् । कार्यक्रममा महासंघका अध्यक्ष डा. विष्टले साच्चिकै पत्रकारिता मार्फत समाजसेवामा उल्लेखनिय योगदान गरिरहेका सञ्चारकर्मिहरुलाई विधागत रुपमा पुरस्कार मार्फत प्रोत्साहन गर्न सहयोग गरेकोमा रोटरी इन्टरनेशनललाई धन्यवाद दिए ।

निर्णायक मण्डलका सदस्य एवं प्रेस इन्स्टिच्युटका अध्यक्ष तिर्थ कोइरालाले पुरस्कारले पत्रकारहरुलाई पेसाप्रति थप जिम्मेवार बनाएको बताए । कार्यक्रमका अध्यक्ष रोटरियन महेश्वर भक्त श्रेष्ठ र अर्का रोटरियन रत्नमान मास्केले रोटरीले गरिरहेको समाजसेवाका विविद् आयामका बिषयमा प्रकाश पारेका थिए ।

healthtodaynepal.com वाट