नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डे सम्मानित

जेष्ठ १४, काठमाणेडाै

नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डे शनिबार प्रमोदराज–सावित्री पाण्डे प्रतिष्ठानद्वारा सम्मानित भएका छन् । क्यान निलम्बनमा रहेको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बनाएको सल्लाहकार समितिका संयोजकमध्ये पाण्डे एक हुन् । 

नेपाली खेलकुद क्षेत्रमा लामो अवधिदेखि अनवरत लाग्दै क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सफल भएकामा पाण्डेलाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । १९६५ देखि २००१ सम्म क्यानका महासचिव पाण्डे त्यसको एक वर्षपछि उपाध्यक्ष तथा सन् २००६ देखि २०११ सम्म अध्यक्ष थिए । त्यसबाहेक उनी एसियाली क्रिकेट परिषद् (एसीसी) का उपाध्यक्ष र आईसीसीको विकास समिति सदस्यमा पनि रहिसकेका छन् । 

प्रतिष्ठानका अध्यक्ष मनीषराज पाण्डेको सभापतित्व र नेपाल प्रज्ञा—प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नागरिक उड्यन क्षेत्रबाट गंगाप्रसाद रिजाल, दधिराम निरौला र कमलप्रसाद न्यौपाने, सीपमूलक शिक्षा क्षेत्रबाट ज्ञानीशोभा तुलाधर, साहित्य प्रतिभाबाट इन्द्रकुमार श्रेष्ठलाई ताम्रपत्र र पुरस्कार प्रदान गरिएको थियो । श्रेष्ठलाई भने नगद १० हजार पाए । 
नेपाल एयरलायन्सका पूर्व पाइलट प्रमोदराज पाण्डे र उनकी श्रीमतीको स्मृतिमा परिवारका सदस्यहरूले सम्मान कार्यक्रम आयोजना गरेका हुन् । प्रमोदराज पाण्डेको ३ वर्षअघि क्यान्सरका कारण निधन भएको थियो ।