नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

बैशाख महिनामा दुई सय ६६ सवारी साधनलाई कार्बाही, दुई लाख राजश्व संकलन ।

जेठ ३, ओखलढुंगा ।

ओखलढुंगा स्थित ट्राफिक प्रहरी पोष्ट रमाइलोडाँडाले बैशाख महिनामा दुई सय ६६ सवारी साधनलाई कार्बाही गरेको छ । कार्बाहीमा परेकोे सवारी साधनवाट मात्रै २ लाख १३ हजार राजश्व संकलन गरेको छ ।

वैशाख महिनामा कारबाहीमा पर्ने सवारी साधनहरुमा १ सय १६ वटा ट्रक, बस ३० वटा, ट्याक्टर ३५, जिप ५३ र मोटर साइकल ३२ वटा गरी जम्मा २ सय ६६ वटा रहेका छन् । जसमा ट्रकबाट एक लाख ३० हजार, बसबाट २५ हजार, जिपबाट ४० हजार ५ सय र मोटरसाइकलबाट २१ हजार राजश्व संकलन गरेको ट्राफिक इन्चार्ज भोजकुमार कट्टेलले जानकारी दिनुभयाे ।

कारबाहीमा पर्ने सवारी साधनहरुमा तीव्र गतिमा चलाउने १४ वटा, चालक अनुपति पत्र नभई चलाउने ८ वटा, विना हेल्मेट चलाउने १० वटा, सीट क्षमताभन्दा बढी यात्रु बोक्ने ५० वटा, क्षमता भन्दा बढी मालसामान बोक्ने ५१ वटा, अबस्था ठीक नभएको ७ वटा रहेका छन् ।

त्यस्तै, अनुमति पत्र बिना चलाएको ६६ वटा, मोबाइल फोन चलाउदै सवारी साधन चलाउने ४९ वटा र कागज पत्र नराखी चलाउने ११ वटा गरी जम्मा २ सय ६६ वटाबाट २ लाख १३ हजार राजश्व संकलन गरेको ट्राफिक इन्चार्ज कट्टेलले जानकारी दिनुभयो ।