नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

गजल

मुना खतिवडा श्रीचाैर

पकाउदैमा ढुंगा, गल्दैन महाशय,

तातोपानीले घर, जल्दैन महाशय ।

 

एकतर्फी सम्वन्ध, खै कसरी चल्छ

एकोहोरो त श्वासपनि, चल्दैन महाशय ।

 

सर्बोच्च शिखरबनि, उभ्भी रहन्छ

स्थिर हाम्रो सगरमाथा, ढल्दैन महाशय ।

 

गर्छौ यत्नगर, मलाइ उल्लु बनाउने

पानीमाथी कहिल्यै, आगो बल्दैन महाशय ।

 

नहुनेकुरामा किन, जीद्दी गर्छै तिमी

आरूको बोटमा अम्वा, फल्दैन महाशय

२०७४/२/३