नेपाली समय Loading...२०७६ आश्विन ५ आईतवार

कविता : अामा

——- मनोज भट्टराई

अति भयो सहन सक्दीन
म अब यहाँ बोल्न ,
लेख्न र हिडडुल गर्न समेत प्रतिबनध लगाएका छन
यहाँका शासकहरुले कसरी सहुँ

यो सब मैले आमा
आफ्नो छोरालाई
उच्चशिक्षा हाँसिल गर्न
सामल खाजा बोकाएर
शहर पठाउनु भयो ।

तर शहरमा
कुनै पनि काम गर्न
प्रतिबन्ध छ
यो सब सहन सक्दिन म
यो त अति भयो आमा ।

तपाईँको छोरा
यो सब सहन सक्दैन
अब म चाँडै बोल्ने छु
अनि लेख्ने छु
अनि सारा नेपालीको पिंडा
पोख्ने छु ।

देख्ने छन् यहाँँका तानाशाह शासकहरुले
मैले बोलेको
अनि जनताको पक्षमा लेखेको
अनि फेरी म गिराफ्तार हुने छु
मलाई देश द्रोही भनिने छ
अनि जेल हालिने छ ।

मलाई जेल हाले पनि
छाड्ने छैन लेख्न र बोल्न
आखिर म गरिब
नेपालीको छोरा हँु
अनि जनक्रान्तिको
एक योद्धा पनि ।

धेरै राख्न सक्दैन मलाई
म छुट्ने छु
पुनः नेपाली जनताको पक्षमा
दुःख पिंडाका बारेमा
लेख्नलाग्ने छु
अनि जनताको पक्षमा
बोल्ने छु ।

तानाशाहहरु,
म सँग तर्सन थाल्ने छन्,
अनि कुरा हुनेछन्
उनिहरुका अखडाहरुमा
मात्र मेरो बारेमा ।

आमा ,
मलाई खतम पार्ने
षडयन्त्र रच्न थाल्ने छन्
यहाँका तानाशाहहरु ,
तर म डराउने छेैन
तानाशाहहरु देखि ।

चाहे मलाई
कृष्ण शेन ईच्छुक बनाउन्
चाहे मलाई
डेकेन्द्र थापालाई जस्तो
निर्मम हत्या गरुन्
चाहे मलाई
बेपत्ताको सुचिक्रममा पारुन् ।

म पछि हट्ने छैन
म आखिर
तपाँईको छोरा हुँ आमा,
म मरेर पनि बाँच्ने छु ।

आमा,
यस्तो छोरा पाएकोमा
तपाँईलाई
यहाँका मान्छेहरुले
सम्मान गर्ने छन
ढुक्क हुनुहोस
मेरी आमा
म मरेर पनि
बाँचिरहने छु,
बाँचिरहने छु ।।
२०६१/११/१२