नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

माओवादी केन्द्रले गर्यो सिद्धिचरण नगरपालिकामा उमेद्वारको घोषणा

मेयरमा रुपेश शाक्य

रुपेश शाक्य

ओखलढुङ्गा ।
ओखलढुंगा जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा नेकपा माओवादी केन्द्रले उमेद्वारको घोषणा गरेको छ । निर्वाचनको मिति नजिकिदै गर्दा जिल्लामा रहेका ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले आफ्ना उमेद्वारहरुको टुंगो लगाउन नसकिरहेको अबस्थामा माओवादी केन्द्रले भने घोषणा गरेको छ । माओवादी केन्द्र ओखलढुंगाले शुक्रवार आफ्नै जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उमेद्वारको घोषणा गरेको हो ।

सिनपामा माअाेवादी केन्द्रका मेयर पदका उमेद्वार 

माओवादी केन्द्रले घोषणा गरेको नगरपालिकाको प्रमुख मेयरपदको उमेदवारीमा रुपेश शाक्यलाई चयन गरेको छ । शाक्य ओखलढुंगा बजारमा नै घर भएका र एमालेको पृष्ठभूमिवाट राजनिती सुरु गरेका व्यक्ति हुन । उनी हाल माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक सदस्य साथै सिद्धिचरण नगरपालिकाका सह संयोजक समेत हुन् ।

नगर उपप्रमुखमा भने चन्द्रा कुमारी शर्मा(फुयल) लाई उमेद्वारीमा उठाएको छ । त्यस्तै नगरपालिकाको अन्य वडा प्रमुखहरुमा वडा नं. २ मा वशन्त कटवाल, ४ मा कान्छाराम पोख्रेल, ५ मा गुण कुमार राई, ६ मा मदन मगर, ७ मा आङतेञ्जी शेर्पा, ८ मा पृथ्वी बहादुर तामाङ रहेका छन् । त्यसैगरी वडा नं. ९ मा टोकल श्रेष्ठ, १० मा सन्तोष मगर र १२ मा कुल बहादुर नेपालीलाई उमेद्वारीमा उठाएको छ । नगरपालिकाको तिनओटा वडाहरु १, ३ र ११ मा भने उमेदवारमा दावी गर्ने धेरै जना भएकोले केही दिनमा नै टुङ्गो लगाउने जनाएको छ ।
अहिले सम्म अन्य पार्टीहरुले उमेदवारहरुको टुङ्गो लगाउन सकेको छैन । कांग्रेस र एमाले दुवै अर्काले उठाउने उमेदवारीको आधारमा आफ्ना उमेदवारको टुङ्गो लगाउन पर्ख र हेरको रणनितीमा देखिन्छन् । तथापी जिल्लाको बहुप्रतिस्ठीत तथा एकमात्र नगरपालिका भएकोले मेयर पदमा एमालेमा जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठको नाम चर्चामा छ । त्यस्तै नेपाली कांग्रेसको तर्फवाट डिल्ली खनालको नाम चर्चामा छ । कांग्रेसको तर्फवाट मेयर पदमा खनाल र उपमेयरमा राईको करिब टुङ्गो लागि सकेको तर घोषणा हुन बाकी रहेको कांग्रेस श्रोतले बताएको छ । त्यस्तै जिल्लामा कृयाशिल राप्रपा र नेकपा माओवादी (क्रान्तिकारी)ले देशभक्त गणतान्त्रिक मोर्चा मार्फत चुनावमा उमेदवारको टुङ्गो लगाउन छलफल भैरहेको वताएका छन् ।